नेकपा क्रान्तिकारी माअाेवादीका पाेलिटव्युराे सदस्य श्रीनाथ अधिकारीले अाेली सरकार माफिया र गिराेहहरूले संचालन गरेकाे गंभीर अाराेप लगाएका छन् ।

यही माफिया र गिराेहेकाे सरकारले विप्लव नेकपाका नेताहरूलार्इ जबर्जस्ती भूमिगत हुन बाध्य पारेकाे नेता अधिकारीकाे छ । क्रान्तिकारी पत्रकार संगठन, नेपाल केन्द्रीय समितिको आयोजना तथा जिल्ला समिति कास्कीको संयोजनमा आज पोखरामा भएको मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्ताे बताएका हुन् ।
अन्तक्रियामा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य समेत रहनुभएका लोहनीले अहिलेको राज्यसत्ता पुँजीवादी व्यवस्था प्रणाली भएकै कारण देशमा भ्रष्टाचार, हत्या, हिंसा दिनप्रतिदिन बढ्दै गएको बताए । पुँजीवादी राज्यसत्ता छाडा हुने भएकाले पछिल्लो समय बालिकाहरु समेत बलात्कृत हुने क्रम बढेको भन्दै जनअधिकारको साइट लिने वैज्ञानिक समाजवादी व्यवस्थाको आवश्यकता तत्कारो रहेको बाए । त्यसका लागि बहस गर्न, प्रतिस्पर्धा गर्न तयार छौ, शान्तिपूर्ण भेला सम्मेलन गर्न, बोल्न लेख्न र संगठित गर्छौ भन्दा भनेकै आधारमा प्रकाण्ड लगायतकालाई अपहरण शैलीमा गिरफ्तार गरिएको बताउनु भयो ।
अर्को प्रसंगमा उनले अहिलेका विग मिडिया हाउसहरु कर्पोरेट निगम पुजीवादबाट प्रभावित रहेको बताए । ‘माओले भने झैं लुटेराहरुको राज्य साम्राज्यवादको भुमण्डलीकरण मिडिया क्षेत्रमा पनि प्रवेश गरेकाले मानवअधिकारलाई सिमिततामा संकुचित गर्न खोजिएको छ, सानासाना नानीहरु बाच्न पाउने अधिकार, बोल्न लेख्न पाउने अधिकार दिनप्रतिदिन खोसिदै गएका छन्, अझ शान्तिपूर्ण आवाजहरु बुलन्द गर्न नपाएका छैनन्, रातो खबर पत्रिकाका निर्देशक समेत रहेका गुणराज लोहनीले भने, ‘यस्तो अवस्था धेरै दिन कैद गरिए जनताले विद्रोह गर्नुको विकल्प छैन ।’
मानवअधिकारलाई पनि पूजीवादीहरुले आफ्नो स्वार्थ पुरा गर्नका लागि प्रगोग गर्दै गएको बताए ।उनले भने, ‘मानव अधिकार अहिले सिमित घेरा भित्र राखिदैछ , त्यसैले अब जनताको अधिकारको कुरा गर्नुपर्छ ।’
त्यस्तै उच्च अदालत बार एशोसियसनका अध्यक्ष रोहित बास्तोलाले २०४६ सालको परिवर्तनपछि पनि अहिलेसम्म मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विषयमा खासै सुधार हुन नसकेको बताए । उनले भने –‘२०४६ सालको परिवर्तनलाई आधार मान्ने हो भनेपनि ३० बर्ष वितेछ तर अहिलेसम्म मानवअधिकार,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अपेक्षित सुधार हुन सकेको छैन ।’
जिल्ला अदालत बार एसोशियसनका कास्कीका अध्यक्ष मुक्ति सापकोटाले संवैधानिक व्यवस्था अनुसार पनि मानवअधिकारको संरक्षण हुन नसकेको बताए । उनले भने –‘संविधानमा पनि राम्रो व्यवस्था छ, कानुन पनि बन्दै छ तर मानवअधिकारका घटनापनि उल्लंघन भईरहेको छ ।’
नेपाल पत्रकार महासंघका ४ नं. प्रदेशका सचिव रुद्र श्रीस मगरले मुलुकी ऐनबाट सिंगो प्रेस सशंकित भएको भन्दै पत्रकार महासंघ देशव्यापी आन्दोलित रहेको बताए । मिडिया क्षेत्र आवाज विहिनहरुको आवाज बनाउन प्रेस स्वतन्त्रताको खाचो औल्याउदै यो अभियानले पुरा गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले सरकारले ल्याएको भदौ १ गतेदेखि लागु हुने मुलुकी देवानी तथा फौजदारी ऐनमा आपत्ति जनाउदै खारेजीको माग गरे ।







