
सत्तारूढ दल नेकपाका शीर्ष नेतामध्येका अर्का नेता नारायणकाजी श्रेष्ठले पार्टीकाे मुख्य नेतृत्व केपी अाेली र अध्यक्ष प्रचण्डकाे कडा अालाेचना गरेका छन् ।
राजधानीमा अायाेजित एक कार्यक्रममा नारायणकाजीले पार्टी भित्रको गुटगत प्रवृत्ति र गुटमा आवद्ध भ्रष्टाचारीलाई मुख्य नेतृत्वले संरक्षण गरेकाे भन्दै त्यसकाे खुलेअाम विराेध गरेका छन् ।
पार्टीमा आफ्नो गुटका भ्रष्टाचारी बँचाउने र अरूलाई कारवाहीको नाटक गर्ने प्रवृत्ति मौलाएको भन्दै उनले मुख्य पार्टी नेतृत्व अाेली र प्रचण्डकाे तीखो अालाेचना गरेका हुन् ।
पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई उनले गुटगत प्रवृत्ति र आफू निकटका भ्रष्टहरूलाई प्रस्रय दिएको आरोप लगाएका छन् ।
नेपालमा कम्युनिष्ट आन्दोलन सफल हुँदै गएको तर कम्युनिष्ट पार्टी र यसको नेतृत्व भ्रष्टिकरणमा लागेको भन्दै उनले यही स्थिति रहिरहे कम्युनिष्ट ध्वस्त हुने चेतावनी सुनाए ।
संसदमा माधव नेपालले सरकार, प्रधानमन्त्री र गृहमन्त्रीको आलोचना गरेजस्तै श्रेष्ठले पनि पार्टी नेतृत्वको खुलेर आलोचना गरेका छन् ।
सत्तारूढ दलका शीर्ष नेताबाटै पार्टी नेतृत्वप्रति एकपछि अर्को असन्तोष व्यक्त हुनुले नेतृत्वलाई अलोकप्रिय बनाउँदै लैजाने त छँदैछ, अर्कोतर्फ भर्खर एकीकृत भएको पार्टीको जग खल्बलिएको यथार्थलाई पनि उदाङ्ग पारेको छ ।
नारायणकाजी श्रेष्ठको यस्ताे खुलेअाम अालाेचना र असन्तुष्टी –
https://youtu.be/k-uA-4seDK4







