नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गान्धी विचारबाटै नेपालमा ठूल्ठूला राजनीतिक परिवर्तन सम्भव भएको दावी गरेका छन् ।

सभापति देउवाले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न पनि गान्धीको अहिंसावादी आन्दोलनले बाटो देखाएको बताए ।

१ सय ५० औं गान्धी जयन्ती तथा अहिंसा दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिंसावादी गान्धीको दर्शन शान्ति स्थापनाका लागि विश्वमै अनुकरणीय रहेको पनि स्मरण गराए ।

सभापति देउवाले अंग्रेजजस्तो शक्तिशाली शासकलाई परास्त गरेर गान्धीले अहिंसावादी आन्दोलनको माध्यामबाट मात्रै दिगो शान्ति सम्भव रहेको दृष्टान्त पेश गरेका पनि बताए ।

काँग्रेस सभापति देउवाले गान्धीको अहिंसावादी आन्दोलनले शान्ति स्थापनाका लागि विश्वमै बाटो देखाएको पनि स्पष्ट पारे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार