बंगलादेशमा जारी यू–१९ एशिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले युएईलाई तीन विकेटले हराएको छ। युएईले दिएको २६९ रनको लक्ष्य नेपालले ५ बल बाँकी छँदै ७ विकेट गुमाएर पुरा गर्‍यो।

नेपालको जितमा रोहितकुमार पौडेलले सर्वाधिक ९२ रन बनाए। ८८ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गरे। यस्तै सन्दिप जोराले ६७ रन बनाउँदा कप्तान आसिफ शेखले ३५ र रासिद खानले अविजीत २७ रनको योगदान दिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै २ सय ६८ रन बनाएको थियो। उसका लागि फाहाद नवाजले ८३ रन बनाउँदा अन्सले ६७ रन जोडेका थिए। यस्तै ब्रान्डन आदम र मुहामदले १८–१८ रन थपेका थिए।

बलिङ तर्फ नेपालका नन्दन यादव, रासिद खान र पवन सराफले दुई-दुई विकेट लिएका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार