कञ्चनपुरको भिमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटना राष्ट्रिय मात्रै होईन, अन्तराष्ट्रियकरण भइसकेको छ ।

यो घटनालाई दबाउन खोजिएको आरोपसहित देशभरबाट खबरदारी र आन्दोलन भइरहेका छन् । सामाजिक सञ्जालका भित्ता हुन् या अन्य माध्यमका आक्रोश नियमित आइरहेका छन् । हत्यारालाई फासीको सजाय दिने देखि अर्धनग्न रुपमा महिलाहरु सडकमा समेत उत्रिए ।

हत्यारा को हो त भन्ने बिषयमा सबै अनविज्ञ छन्, जनताले प्रहरीलाई दोषारोपण गरिरहेको छ भने प्रहरीले अनुसन्धानलाई कुनै प्रकारले फितलो नपारिएको बताउँदै आइरहेको छ । तत्कालिन कञ्चनपुर प्रहरी प्रमुखको टोलीले घटनालाई ढाकछोप गरी दोषीलाई बचाउन खोजेको त्यहाँका स्थानीयले बताउँदै आएका छन् ।

तर, तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख डिल्लिराज बिष्टले नियतबस आफूमाथि आक्रमण गर्न खोजेको र घटनालाई अनुसन्धान गर्न नदिई आन्दोलन चर्काएर आफूलाई अनाहाक गाली गलौज गरेको बताएका छन्, त्यतिमात्र नभई आफ्नो र छोराको समेत डिएनए परिक्षण गर्नका लागि दिएर अनुसन्धानलाई सहयोग गरेको सट्टा अझै आफूमाथि शंका भएको प्रति दुःख व्यक्त गर्नुभएको छ ।

अब कुरा, अपराधिको गरौँ, कञ्चनपुर प्रहरीले हत्याको आरोपमा आफ्नै भिनाजुको हत्या गरी १० बर्ष जेल सजाय भोगिसकेका दिलिप बिष्टलाई पक्राउ ग¥यो, तत्कालिन सीआईवीका डिएसपी अंगुर जिसीका अनुसार दिलिपले सोधपुछका क्रममा हत्याराकै क्रियाकलाप देखाएको र अपराध स्विकारेको बताउँछन् ।

अन्ततः हत्यामा संलग्न भएका दिलिप बिष्टको अन्तिम अनुसन्धान डिएनए परिक्षण बन्यो र डिएनएबाट उनले सफाइ पाए र रिजल्ट नेगेटिभ आयो । हत्यारा पत्ता लगाउन सिंगो राज्य नै लागेको छ, तैपनी हालसम्म प्रहरीको पछिल्लो अनुसन्धानले कुनै तथ्य सार्वजनिक गरेको छैन ।

देश नै निर्मलामय हुँदा समेत अपराधि पत्ता लाग्दैन भने अब के गर्ने सरकार भन्दै नागरिक आन्दोलित छन् ।।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार