नेपाल कम्युनिस्ट पार्टीले ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ अन्तर्गत पहिलाे चरण अभियानकाे समीक्षा बैठक सम्पन्न गरेकाे छ ।

अभियानकाे समीक्षा बैठकले जनताका बीचमा अाफ्नाे पार्टीलार्इ जाेड्न सफल भएकाे निश्कर्ष निकालेकाे छ । मंगलबार नेकपाको मध्य केन्द्रीय कमान्डले आयोजना गरेको ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ को समीक्षा कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले आफ्नो पार्टीले सञ्चालन गरेको अभियानले पार्टीको योजना जनतासँग जोडने काम गरेको बताए ।
आफ्नो पार्टीको अभियान टिममाथि प्रशासनले व्यापक दमन गर्ने कोसिस गरे पनि अभियानकर्मीहरू जनतामा पुग्न सफल भएको र डेढ महिनाको अवधिमा मध्यकेन्द्रीय कमान्डमा दुई सय ७० वटा नयाँ सङ्गठन निर्माण भएको जानकारी पनि उनले दिए ।
यसैबीच वर्तमान राजनीतिक परिस्थितिबारे बाेल्दै नेता सुदर्शनले सरकार वार्ताको माध्यमबाट आफ्नो पार्टीलाई फसाउने षड्यन्त्रमा लागेकाेले तत्काल वार्ताको सम्भावना नरहेको बताएका छन् ।
उनले विगतमा नेताहरूलाई वार्ताकै माध्यमबाट गलाएको र त्यो पुरानो रोग पटकपटक दोहोरिरहेकोे स्मरण गर्दै आफूहरूलाई असफल पार्न सरकार एकातिर दमन अभियान चलाइरहेको र अर्कोतिर वार्ताको जाल थापिरहेको बताए ।
मध्यकेन्द्रीय कमान्डअन्तर्गत नुवाकोट जिल्लामा आयोजित उक्त कार्यक्रममा कमान्डअन्तर्गतका ९ वटा अभियान टोली सहभागी थिए । समीक्षा कार्यक्रममा ९ वटै अभियान टोलीका नेताहरू उत्तम, शिला, अटल, प्रताप, रूपेश, राम, शङ्कर, अजय र विजयले अभियानको समीक्षात्मक रिपोर्ट राखेका थिए ।
अभियान सानदार तरिकाले अघि बढेको र अब छिट्टै दोस्रो चरणको कार्यक्रम सुरु हुने जानकारी दिँदै नेकपाका केन्द्रीय सदस्य तथा पूर्वी ताम्सालिङ ब्युरो इन्चार्ज विजयले आफ्नो पार्टीले सञ्चालन गरिरहेको अभियानले जनतासँगको सम्बन्ध नवीकरण गरेको बताए । कार्यक्रमका वक्ताहरूले वैचारिक राजनीतिक रूपले
अभियान सफल रहेको भन्दै जनतासँगको सम्बन्ध राम्रो बनेको र आफ्नो अभियानमा जनताको उत्साहजनक सहभागिता रहेको निष्कर्ष निकालेका थिए । प्रज्वलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विजयले गरेका थिए भनेस्वागत आधारले गरेका थिए ।








