काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता गिरफ्तार गर्ने र रिहा गर्ने कार्य सरकारले तीव्र पारिरहेको छ । यसैक्रममा नेकपाका केन्द्रीय सदस्य देवनारायण शाह, योङ रेड फोर्स झापाका अध्यक्ष सेसेहाङ लिम्बू, इलामका नेता–कार्यकर्ता दीपमान राई, डम्बर मगर र प्रेम चापागाईं रिहा भएका छन् ।

उनीहरूलाई विराटनगरको उच्चअदालतको आदेशमा बुधबार रिहा भएका हुन् ।
उनीहरूसँगै रिहा भएका ने झापा जिल्ला इन्चार्ज सौगात आचार्य, झापा जिल्ला सेक्रेटरी सुमनसिंह पौडेल, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ झापाका अध्यक्ष चमनलाल माझी, तारा थापालाई भने पुनः प्रहरीले गिरफ्तार गरेको छ ।

उनीहरु अहिले मोरङ प्रहरी कार्यालयमा राखिएको जानकारी कृष्टीना आचार्यले दिएकी छिन् । गिरफ्तार पर्नेहरूले उच्च अदालतले गरे पनि प्रहरीले गिरफ्तार गरेकाे भन्दै भाेक हड्ताल गरेकाे बताइएकाे छ । उनीहरूलाई विभिन्न मितिमा प्रहरीले गिरफ्तार गरेको थियो । eratokhabar

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार