विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सगरमाथा ब्युरो इन्चार्ज दिपेश राई अदालतबाट रिहा भएलगत्तै पुन गिरफ्तार भएका छन् ।

बुधवार जिल्ला अदालत उदयपुरको आदेशमा केन्द्रीय सदस्य रार्इसहित ब्युरो कार्यालय सचिव चन्द्र बुढाथोकी (शैलेस), ब्युरो सदस्य राकेश, मोरङका जिल्ला सदस्य दिपकलाई अदालतले रिहा गरेकाे थियाे ।

केन्द्रीय सदस्य रार्इसहित रिहा भएका अरू तीन व्युराे सदस्यहरू सबै रिहा भइसका छन् । तर रार्इलार्इ भने प्रहरीले पुन गिरफ्तार गरेकाे हाे । नेता रार्इसहित उनीहरुलाई झुट्ठा मुद्दा लगाई २६ दिनपछि बुधबार उदयपुरको जिल्ला अदालतबाट जनही २० हजार धरौटीमा रिहा गरिएकाे थियाे ।

रिहा भएका मध्य ब्युरो इन्चार्ज दिपेशलाई भने अदालत परिसरबाटै प्रहरीले पुनः गिरफ्तार गरी संखुवासभा लगेको जानकारी नेकपा उदयपुरले दिएको छ ।

रार्इसहित तीन व्युराे सदस्यलाई साउन २९ गते सुनसरीको धरानबाट गिरफ्तार गरि २२ दिन सुनसरी जिल्ला प्रहरी हिरासतमा राखेर जिल्ला प्रशासनको आदेशमा रिहा गरेलगत्तै पुनः गिरफ्तार गरि भदै २१ गते उदयपुर लगिएको थियो ।

सरकारले एकातिर वार्ता भन्ने अर्काेतिर नेकपाका नेतालार्इ पुन: गिरफ्तार गर्ने कार्यले उनीहरूकाे वार्ता षडयन्त्र मात्र हाे भन्ने अाशंका गरिएकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार