नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार समितिका सचिव चित्रबहादुर आले ‘पवन’ को आवास भवन उद्घाटन गरिएको छ ।

नेपाल कम्युनिस्टका पोलिटब्युरो सदस्य तथा पूर्वी कमान्ड इन्चार्ज अनिल शर्मा विरहीले प्रमुख अतिथि रिबन काटेर आलेको आवास भवन उद्घाटन गरेका थिए ।  उक्त आवास भवनको शिलान्यास २०७३ साल चैत १७ गते महासचिव विप्लवले गरेका थिए ।

कार्यक्रममा विरहीले नेपालको कम्युनिस्ट आन्दोलनका अग्रज नेता चित्रबहादुर आलेको ऐतिहासिक आवास भवन उद्घाटन गर्न पाउँदा गर्वका साथै खुसी लागेको बताए । आवास निर्माणका लागि पार्टीले थोरै सहयोग गरे पनि भवन सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने श्रेय आलेका जेठा छोरा योगिन्द्र आलेको रहेको भन्दै विरहीले उनलाई विशेष धन्यवाद पनि दिए । नेकपा जनकपुर ब्युरो र नारायणी ब्युरोका नेता–कार्यकर्ताहरूले श्रम सहयोग गरेको भन्दै विरहीले पार्टीका तर्फबाट आभार प्रकट गरे ।

आफ्नो आवास भवन उद्घाटनका अवसरमा सल्लाहकार समितिका सचिव चित्रबहादुर आलेले उपस्थित नेता–कार्यकर्ता र गाउँबासीप्रति सम्मान प्रकट गरे । उनले भवन निर्माण गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने पार्टी महासचिव विप्लव र अन्य नेताहरूप्रति पनि सम्मान व्यक्त गरे । उनले विगत सम्झिँदै भने, ‘विगतमा मेरो घरमा मोहनविक्रम, निर्मल लामा, प्रचण्ड, बाबुराम सबै आए तर मेरी जीवनसँगिनीको निधन हुँदाको घडीमा महासचिव विप्लव आउनुभयो ।’

विगत सम्झिँदै उनले भने, ‘पहिलोचोटि आउँदैमा महासचिव विप्लवको दिमागमा आले कमरेडलाई बस्नका लागि भवन आवश्यक छ भन्ने परेको रहेछ । त्यसपछि बसेको केन्द्रीय समितिको बैठकमा महासचिव आफँैले पुराना अग्रज नेताहरू असारे काका, रामलखन महतोहरूको घर छ तर आले दाइको घर छैन । दाइको घर पार्टीले बनाइदिनुपर्छ । इमानदार पुराना वृद्ध नेताहरूलाई पार्टीले संरक्षण गर्नुपर्छ भनी प्रस्ताव गर्नुभयो ।’

आलेले सबै नेता–कार्यकर्तालाई नेपालमा सच्चा कम्युनिस्ट भनेको विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी मात्र रहेको र यो पार्टी वैकल्पिक शक्तिका रूपमा अघि आइसकेको पनि बताए । वैज्ञानिक समाजवाद ल्याउनका लागि एकीकृत जनक्रान्तिमा लामबद्ध भएर दृढतापूर्वक अगाडि बढ्न उनले कार्यकर्तालाई आह्वान पनि गरे ।

नेकपा सल्लाहकार चित्र बहादुर अालेकाे घर ।

अावास उदघाटन गर्दै नेकपा नेता अनिल शर्मा ।

महासचिव विप्लवले अावास शिलान्यास गर्दै ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार