
नेपाल कम्युनिस्ट पार्टीका धनुषा जिल्ला इन्चार्ज राजु कार्की र धनुषाकै जिल्ला सेक्रेटरी अमर क्षेत्री गिरफ्तार भएका छन् ।
संगठनकाे कामकाे सिलसिलामा उनीहरुलाई बिहीबार दिउँसो प्रहरीले धनुषाबाट गिरफ्तार गरेको नेकपा जनकपुर व्युराेले जनाएकाे छ । नेता कार्की र क्षेत्रीलाई प्रहरीले गिरफ्तार गरी बेपत्ता पारेको नेकपा जनकपुर ब्युरोले जनाएको छ ।
एकातिर वार्ताकाे कुरा गर्ने अर्काेतिर नेकपाका नेता कार्यकर्तालार्इ धरपकड र गिरफ्तार गरेर सरकारले अनैतिक हर्कत गरेकाे भन्दै नेकपा जनकपुर व्युराे इन्चार्ज अरूणले एक प्रेस विज्ञेप्ती जारी गर्दै गिरफ्तारीकाे जाेडदार रूपमा भर्त्सना गरेका छन् ।
साथै गिरफ्तारीमा परेका धनुषा जिल्ला इन्चार्ज सेक्रेटरीलार्इ तत्काल सार्वजनिक गरी रिहा गर्न नेकपा जनकपुर ब्युरोले माग समेत गरेको छ । यथाशिघ्र रिहा नगरे आन्दोलनको कार्यक्रम घोषणा बाध्य हुने चेतावनी पनि साे विज्ञेप्तीमा दिइएको छ ।








