सत्ताधारी दलकै विद्यार्थी संगठनका तर्फबाट प्रहरी प्रमुखको राजीनामा माग गरिएपछि अहिले मुलुकमा नै नयाँ तरङ्ग उत्पन्न भएको छ ।

सत्तापक्षकै सांसद त्यसमा पनि प्रधानमन्त्री निकट मानिएकै सांसद नविना लामाको नेतृत्वमा पुगेर गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै प्रहरी प्रमुख बर्खास्तगीको माग गरिएको छ ।प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७३ औं महासभाबाट फर्किएकै दिनमा प्रहरी प्रमुख हटाउन माग गर्दै सांसद समेत रहेकी नविना लामाको नेतृत्वमा पुगेका विद्यार्थीले गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र बुझाएका छन् ।
भक्तपुरमा भएको गलत ‘इन्काउन्टर’, कञ्चनपुर घटनामा प्रहरीले दिएको गलत रिपोर्टलगायतमा प्रहरी नेतृत्वको कमजोरी देखिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट देखिएका छन् ।
यतिबेला एकाएक प्रहरी महानिरीक्षक बर्खास्तगीको माग किन भन्ने प्रश्नमा सांसद लामाले भनेकी छिन्, “निर्मला पन्तको बलात्कारपछि हत्या भएको यति लामो समय भइसक्दा पनि हत्यारालाई कारवाही हुन नसक्नुले गर्दा सबैले पहिलादेखि नै प्रहरी नेतृत्वको असक्षमता महसुस गरिरहेको अवस्था थियो । त्यसैले संगठनका तर्फबाट हामीले आईजीपीलाई बर्खास्त गर्न माग गरेका हौं । हाम्रो माग जायज छ ।”
उनले पार्टीका नेताहरुसँग यसविषयमा कुनै छलफल नभएको दाबी गर्दै संगठनकै तर्फबाट यसो गरिएको बताइन् । “यो संगठनकै तर्फबाट भएको हो । हामीले संगठनमा छलफल गरेका छौं । पार्टीको कुनै नेतासँग छलफल गरेका छैनौं । कसैले केही भनेको पनि छैन,” उनले भनिन् ।
उनले आफूले राखेको मागमा दृढ रहेको जनाउँदै भनिन्,‘‘कुनै पनि नेताहरुले किन गर्नुभएको भनेर पनि अहिलेसम्म सोध्नुभएको छैन ।’’ ‘‘निर्मला पन्तको हत्याको विषय यति लामो समयसम्म अल्झिदापनि प्रहरी प्रमुखले केही गर्न नसकेपछि समग्र देशले नै आईजीपीकै गल्ती महसुस गरेको छ । अनेकथरी शंकास्पद घटना भएका छन,’’ सांसद लामाले भनिन्,‘‘त्यसैले हामीले प्रतिवेदन पनि सार्वजनिक गर्न माग गरेका छौं ।’’
तत्कालीन नेकपा एमाले निकट अनेरास्ववियु र माओवादी निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष क्रमश: सांसद लामा र रञ्जित तामाङसहितको टोलीले विहीबार गृहमन्त्री रामबहादुर थापालाई भेटेर पहिलो नम्बरमा आईजीपीलाई बर्खास्त गर्नुपर्नेसहितका अन्य जनसरोकारका ७ बुँदे माग राखेको थियो ।
यस्ता छन् गृहमन्त्रीसमक्ष राजिनामाबारे राखिएकाे माग –







