अाेली र बादल सरकारकाे ३ महिना लामाे प्रहरी हिरासतबाट नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य पदम राई र ओमप्रकाश पुन रिहा भएका छन् ।

पुन र राईलाई प्रहरीले गैरकानुनी थुनामा राखेको भन्दै रिहाइको माग गरी पुनकी श्रीमती गौरा धामीले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । रिटमाथिको बहसपछि सुनुवाइ गर्दै शुक्रबार दुई माननीय न्यायाधीश मिरा खड्का र अनिलकुमार सिन्हाको आदेशमा रिहा भएका हुन् ।

बन्दीको तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरु कपिलचन्द्र पोखरेल, खिमानन्द अधिकारी, चीरञ्जीवी ढकाल र राजु अधिकारीले बहस गरेका थिए ।

रिहापछि संक्षिप्त मन्तव्य राख्दै नेकपाका पाेलिटव्युराे सदस्य पदम रार्इले अाेली सरकारले अाफुहरूलार्इ अनेकन यातना दिएर गलाउन खाेजेपनि अाफुहरूले क्रान्तिकारी जनता, कार्यकर्ता  र नेता सम्झिएर सरकारसँग नझुकेकाे बताए ।

अर्का पाेलिटव्युराे सदस्य अाेम प्रकाश पुनले पनि अाफुहरूलार्इ सरकारले विभिन्न हतकन्डा अपनाएर झुकाउन खाेजेपनि त्याे षडयन्त्र सफल नभएकाे बताए ।

राईलाई संखुवासभा र पुनलाई बाँकेबाट रिहा भएपछि पुनः गिरफ्तार गरेर दाङ पुर्‍याइएको थियो । असार १६ गते पार्टीको सार्वजनिक कार्यक्रमबाट राईलाई र पुनलाई असार १९ गते  लाजिम्पाट प्रहरीले गिरफ्तार गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार