सत्ताधारी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’ एक ठाउँमा भेट भएका छन् । वैचारिक भिन्नतापछि अलग अलग पार्टीको नेतृत्व गरेका यी दुर्इ नेता लामाेसमयछि एक ठाउँमा भेटिएका छन् ।

शुक्रबार साँझ राजधानीको राष्ट्रियसभा गृहमा इच्छुक सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेकाे सांस्कृतिक कार्यक्रमा यी दुर्इ नेता एक ठाउँमा  भेट भएका हुन् ।जनवादी गायक शर्माकाे एकल प्रस्तुती रहेकाे ‘जीवन शर्मा संयुक्त सांस्कृतिक साँझ’ नाम दिईएको साे कार्यक्रममा प्रचण्ड र वैद्य सहभागी भए ।

उक्त संस्कृतिक कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ र नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य ‘किरण’का साथै नेकपाका अर्का नेता झलनाथ खनाल र क्रान्तिकारी माअाेवादीका नेता रामसिंह श्रीसलगायत नेताहरू पनि सहभागी थिए ।

सिमली छायाँमा बसीलगायत चर्चित जनवादी गीतहरू जनगायक जीवन शर्माले गीत शुरु गर्दा सङ्गीतको धुनसँगै दर्शकहरू पनि जुरुक्कै उठे । तालीका साथ गीतमा स्वर मिसाउँदै दर्शकहरू मच्चीमच्ची नाँचे । दर्शकदीर्घामा रहेका कलाकार, साहित्यकारसँगै उच्च राजनीतिक नेतृत्वले समेत ताली पड्काएर गायक शर्मालाई साथ दिनुभयो ।

हास्य कलाकार सुबोध गौतमले सहभागी नेताकै क्यारिकेचर गरेर पेट मिचिमिचि हँसाए ।सामना सांस्कृतिक परिवारले ‘रातो लाल्टिन’ लगायत विभिन्न गीतमा नृत्य देखाएर दर्शकलाई मनोरञ्जन दियो ।

आयोजक इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष ईश्वरचन्द्र ज्ञवालीले शर्माका गीत वैचारिक मूल्यले सजिएको भन्दै गीतको माध्यमबाट नयाँ सन्देश दिन खोजिएको उल्लेख गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार