समाजमा बलात्कार तथा हत्याका घटना बढिरहेको अवस्थामा काभ्रेमा सामाजिक तथा नैतिक शिक्षा पढाउने शिक्षक नै बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

शिक्षक शंकर पहरी दुई बालका बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् । कक्षा ५ मा अध्ययनरत ९ वर्षीया दुईजना छात्रालाई एकवर्षदेखि बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले शिक्षक शंकर पहरीलाई पक्राउ गरेको हो ।

पीडितको जाहेरीका आधारमा शिक्षक पहरीलाई पक्राउ गरी थप अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका रविराज खड्काले जनाएका छन् । अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार