सत्ताधारी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाका महासचिव  नेत्रविक्रम चन्द ‘विप्लव’ लाई बम हानेर लुकेर हिडेकाे अाराेप लगाएका छन् ।

राष्ट्रिय सभागृहमा आयोजित अवतरण पुस्तक विमोचन समारोहमा अतिथिका रुपमा निम्त्याइएका प्रचण्डले विप्लवकाे नामै नलिई उनीहरूले बम हान्दै लुकेर राजनीति गरेकाे अाराप लगाएका हुन् ।

आफूहरुले सशस्त्र युद्ध गर्दाको परिस्थिति स्मरण गर्दै प्रचण्डले आफूहरुले ४० बूँदे माग बुझाएर खुलेआम जनतालाई भनेर जनयुद्ध सुरु गरेको तर विप्लवको नामै नलिई उनले भने, ‘यहाँ कतिपयले बम हानेर लुकेर हिँडेका छन्।‘

संयोगले प्रचण्ड अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी कै नामको अर्को त्योभन्दा पुरानो पार्टीको नेतृत्व गरिरहेका विप्लव भूमिगत भएको र उनले सशस्त्र युद्ध सुरु गरेको घोषणा गर्न नसकेकोतर्फ उनको अभिव्यक्ति लक्षित देखिन्थ्यो।

४६ सालअघि नै हतियार युद्ध गर्ने तयारी भएको तर पछि जनआन्दोलनलाई सघाएको उनले स्मरण गरे। ४६ सालपछि कांग्रेसको कलहले आफूहरु प्रतिवाद गर्ने ठाउँमा पुगेको उनले बताए।

आफूहरुको जनयुद्धमा सत्ताले शक्ति लगाउँदा पन्छाउनै नमिल्ने शक्ति जन्मेको उनले बताए। शुरुदेखि नै संवादको ढोका पनि खुला राखेको तर शासकले नजरअन्दाज गरेको उनको जिकिर थियो।

जतिबेला जनयुद्ध शुरु भयो त्यतिबेला श्रीलंकाको तमिल युद्धले आफूहरुलाई उत्साह दिइरहेको पनि उनले बताए। कुनै-कुनै शान्ति प्रक्रिया ध्वस्त भएका पनि उदाहरण भएको बताउँदै उनले शान्ति प्रक्रियामा आउन आफूले चाहेरमात्र नहुने पनि स्वीकारे।

आफू सेफ ल्यान्डिङको खोजीमा रहेको र दरबार हत्याकाण्ड र राजा ज्ञानेन्द्रको कामले शान्ति स्थापना र राजनीतिक रुपान्तरणका लागि वातावरण मिलेको उनले बताए।

उनले तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई पनि सम्झिए। उनको आँट र भूमिकालाई मिनिमाइज गर्न नहुने भन्दै प्रचण्डले माओवादीको राक्षसको जस्तो छवि गिरिजाप्रसादसँग वार्ता र सम्झौतापछि मेटिएको स्मरण गरे।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार