पूर्वमाओवादी केन्द्र सल्लाकार समितिका सदस्यसहित २१ जना नेता–कार्यकर्ता विप्लव नेतृत्वकाे नेकपामा प्रवेश गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेको ‘पार्टी सुदृढीकरण तथा सङ्गठन विस्तार अभियान’ मा क्रान्तिकारी धु्रवीकरण तीव्र रूपमा चलिरहेकाे बेला उनीहरू विप्लव नेकपामा ध्रुवीकृत भएका हुन् ।

नेकपाकाे ४ महिने पार्टी सुदृढीकरण तथा संगठन विस्तार अभियानकाे सिलसिलामा डोटी जिल्लाबाट पूर्व माअाेवादीका केन्द्रीय सल्लाहकारसहित जनमुक्ति सेनाका पूर्व कमाण्डरहरू पनि नेकपामा प्रवेश गरेका छन् ।

डोटीको जोरायल गाउँपालिका १ स्थित खारगाउँ मोहनबहादुर मल्ल, जिल्ला सदस्यहरू नरेश पुनमगर, पूर्वजनमुक्ति सेनाका कम्पनी कमान्डर सुनील विक, पूर्वजनमुक्ति सेनाका प्लाटुन कमान्डर दिनेश पुनमगर, वाईसीएलका जिल्ला अध्यक्ष कमला विकलगायत २१ जना नेकपामा प्रवेश गरेका छन् ।

उनीहरूलाई डोटी जिल्ला इन्चार्ज शेरबहादुर देउवा (शिखर) ले पार्टी प्रवेश गराएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार