
नेपाली सेनाका भूतपूर्व जर्नेल प्रेम सिंह बस्न्यातले भारतले अब प्रचण्डलार्इ बाेकेर नेपालमा अस्थीर राजनीति खडा गर्ने खुलासा गरेका छन् ।
प्रचण्ड चतुर राजनीतिका खेलाडी भएकाे भन्दै बस्न्यातले यस्ता खेलाडी नेतालार्इ भारतले काँधमा बाेकेर नेपालकाे राजनीतिलार्इ अस्थीर बनाउने जिकिर गरेका छन् । नेपाल अाज अनलाइनसँग कुराकानी गर्दै बस्न्यातले यस्ताे बताएका हुन् ।
बस्न्यातले भने, ‘प्रचण्ड चुतर नेता हुन् । यनि एशियाकै चलाख नेता हुन् । यिनले कसलार्इ घाेडा बनाएनन् हाेला ? राजालार्इ पनि मूृख बनाए । अहिले पूर्व एमालेकाे काखमा बसेर मजा गरिरहेका छन् । मानवअधिकार उल्लघंन र भ्रष्टचार जाेगाउन प्रचण्डले यस्ताे गरिरहेका छन् ।’
विगतमा प्रचण्ड भारतमा पुगेर भारतीय जस्तै बनेर नेपालका तत्कालीन शासक ज्ञानेन्द्रका विरूद्ध उक्साएकाे अाराेप बस्न्यातले लगाए ।
‘नेपालका राजाले नेपाल भारत सम्वन्ध बिगारेकाे भनेर भारतमा गएर भारतीयझै बाेल्ने प्रचण्डजस्ता खराब पाउन गाह्राे छ ।अब भारतले प्रचण्डलार्इ बाेकेर नेपालकाे राजनीति अस्थीर बनाउँछ ।’ बस्न्यातले भनेका छन् ।
हेराैं बाँकी भिडियाे –







