चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको रुख काट्ने क्रममा सोमबार बिहान निधन भएको छ। टीकाथली नजिकै रुख काट्ने क्रममा रुख ढलेर बिजुलीको खम्बामा लागेको थियो।सोही बिजुलीको खम्बाले लागेर बोगटी गम्भीर घाइते भएका थिए।
गम्भीर भएका बोगटीको बी एण्ड बी अस्पतालमा उपचारका क्रममा निधन भएको चलचित्र कलाकार सङ्घका महासचिव सरिता लामिछानेले जानकारी दिइन्।
बोगटीको शव परीक्षणका लागि पाटन अस्पताल लगिएको छ। बोगटी दुई वर्षअघि चलचित्र कलाकार सङ्घको अध्यक्षमा विजयी भएका थिए।annapurnapost







