२३ असोज, काठमाडौं । कञ्चनपुरमा भएको निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान गर्न गठित उच्चस्तरीय समितिले तत्कालीन प्रहरी नेतृत्वले लापरबाही गरेको निष्कर्ष निकालेपछि प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको छ ।
घटनाको छानविनका लागि गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित समितिको पूर्ण प्रतिवेदनका आधारमा विष्टमाथि कारवाही प्रक्रिया थालिएको हो ।
प्रतिवेदनमा तत्कालीन प्रहरी टोलीले घटनाको अनुसन्धानमा गम्भीर लापरवाही गरेको ठहर गरिएको छ । प्रारम्भिक चरणदेखि नै प्रहरी अनुसन्धानमा लापरवाही भएको निष्कर्ष निकालिएको हो ।
प्रहरी उच्च स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयमा एसपी विष्टलाई बर्खास्त गर्नेसम्मको विषयमा छलफल चलिरहेको छ ।onlinekhabar







