
सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडाैं क्षेत्र नं ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले अाफ्नाे सांसद पदबाट राजिनामा दिएका । आज दिउसो पत्रकार सम्मेलनको आयोजना गरेर उनले राजीनामाको घोषणा गरेका हुन् ।
सांसद मानन्धरले राजीनामा दिनका लागि उनले नेतृत्वलार्इ तीन शर्तहरू अगाडि सारेर मात्र सांसद पदबाट राजिनामा दिएका हुन् । मानन्धरले आफूलाई राष्ट्रिय सभा सदस्य र मन्त्री बनाउनु पर्ने, त्यसबाहेक पार्टीकाे केन्द्रीय सदस्य बनाउनु पर्ने सर्त अघि सारेका छन् ।
पार्टी अध्यक्ष प्रचण्ड र नेता वामदेव गाैतमले उनका सर्तमा मञ्जुर रहेको भन्दै विश्वस्त हुन आग्रह गरेपछि उनले राजीनामा दिएको स्रोतको दावी छ । नेता गाैतम र प्रचण्डसंग सम्पर्क गरेर उनले आफूलाई लिखित रुपमा गोप्य सहमति पत्र तयार गरिदिन आग्रह गरेको स्रोतले जनाएको छ ।
नेता गाैतमले उनलाई लिखित या माैखिक जुन भएपनि सहमति जनाइ सकेकाले वामदेवले बोलेको कुरा कहिल्यै पनि नढाट्ने भन्दै आफूमाथि विश्वास गर्न आग्रह गरेका छन् ।
स्रोतका अनुसार नेता गाैतमले उनको गुण कहिल्यै तिरेर नसक्ने स्थिति रहेकाले उनको पक्षमा आफू बलियो ढंगले प्रस्तुत हुने जनाएका छन् ।







