
काठमाडौं क्षेत्र नम्बरबाट चुनाव लड्ने नेकपाका नेता वामदेव गौतमको विषयले यति बेला निकै चर्चा पाएको छ । अझ सामाजिक सञ्जालहरुमा वामदेवले चुनाव लड्ने विषयमा निकै आलोचना हुने गरेको छ ।
नेकपा भित्रैबाट कतिपय नेताहरुले वामदेवले चुनाव लड्ने विषयमा प्रश्न उठेका छन् । नेकपाका प्रभावशाली नेता तथा प्रदेश ७ इन्चार्ज भीमबशादुर रावलले पनि वामदेवले चुनाव लड्ने सन्दर्भमा प्रश्न उठाएका छन् ।
उनले पार्टीको स्थायी समितिमा छलफल नगरिकनै वामदेवले कसका लागि चुनाव लड्ने भन्दै प्रश्न गरे । पार्टीको स्थायी समितिमा छलफल नगरिकनै वामदेवले कसका लागि चुनाव लड्ने र किन लड्ने भन्दै रावलले प्रश्न गरेका हुन् ।
रावलले रामवीर मानन्धरले सांसद पदबाट राजिनामा दिने कुरा समेत उपयुक्त नभएको संकेत गर्दै यी सबै विषयमा स्थायी समितिमा छलफल हुनु पर्ने माग गरेका छन् ।







