
सत्ताधारी नेकपाका दाेस्राे तहका अध्यक्ष प्रचण्डले अाफु विप्लवहरूप्रति क्रुर बनेकाे स्वीकार गरेका छन् ।
बीबीसीसँगकाे कुराकानीमा प्रचण्डले ०७० काे चुनावमा विप्लव र वैद्य मिलेर अाफुलार्इ बम हानेर मार्न खाेजेकाे प्रसँग निकाल्दै विप्लवहरूले गर्न सक्छन् भने अाफुलार्इ गरेर देखाउन चेतावनी दिएका छन् ।
बीबीसी नेपालीसँगको एक विशेष अन्तर्वार्तामा ‘नेत्रविक्रम चन्दहरूले केपी शर्मा ओलीभन्दा प्रचण्ड बढी क्रूर छन् भन्ने आरोप लगाएका छन् नि’ भन्ने प्रश्नमा प्रचण्डले भनेका छन्, “क्रूर देखिए उहाँहरूले गर्न सक्ने गरे हुन्छ नि। उहाँहरूले मलाई बम हान्नुभएकै थियो। ७० को चुनावमा कञ्चनपुरमा म केही सेकेन्डले बाँचेको हुँ, उहाँहरूले मलाई मार्न त खोज्नुभएकै छ नि।”
विप्लवकाे नाम लिने वित्तिकै बीबीसीका पत्रकारसँग चरम रूपले अाक्राेशित देखिएका प्रचण्ड प्रश्नकाे उत्तर दिनेभन्दा बढी उत्तरबाट भाग्न खाेजिरहेका देखिन्छन् ।
पूर्व एमालेमा पुगेर विलय भएकाे अाराेप खेपिमागेका प्रचण्डले यसअघिका केही वर्ष अगाडि नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवसँग भेट्न समय नपाएपछि प्रचण्ड अाक्राेशित भएकाे हुनसक्ने बुझिएकाे छ ।
त्यसपछि प्रचण्ड एमालेमा पुगेर विलय भएकाे थियाे ।







