साउदी अरेबियाले अमरिका र यूराेपले आफूविरुद्ध लगाइन सक्ने कुनै पनि खाले प्रतिबन्धहरूको प्रतिवाद गर्ने बताएको छ।

एकजना प्रमुख साउदी पत्रकार जमाल खशोग्गीलाई बेपत्ता पारिएको घटनालाई लिएर उसमाथि प्रतिबन्धहरू लगाइनसक्ने भनिएका बेला साउदी अरेबियाको त्यस्तो भनाइ आएको हो। इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासभित्र खशोग्गीको हत्या भएको आरोपहरू साउदी पक्षले अस्वीकार गरेको छ।

उनको हत्या गरिएको आरोपहरू साँचो साबित भएमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा सजाय आवश्यक हुनसक्ने बताएका छन् ।

सरकारी समाचार संस्था एसपीएले, साउदी अरेबियाले पत्रकार जमाल खशोग्गी बेपत्ता भएको घटनालाई लिएर उसलाई दिइएका राजनीतिक तथा आर्थिक धम्कीहरूलाई अस्वीकार गर्ने जनाएको छ।

नाम नखुलाइएका एकजना वरिष्ठ सरकरी अधिकारीलाई उद्धृत गर्दै साउदी अरेबियाले कुनै पनि दण्डात्मक कदमहरूको जवाफ अझ सशक्त रुपमा दिने बताएका छन्। खसोग्गी बेपत्ता भएको घटनालाई लिएर साउदी अरेबियाले चर्को अन्तर्राष्ट्रिय दबाबको सामना गरिरहेको छ।

उक्त सूत्रलाई उद्धृत गर्दै साउदी सरकारी समाचार संस्था एसपीएले भनेको छ- साउदी अरेबियाले उसमाथि आर्थिक प्रतिबन्धहरू लगाइने धम्कीहरू वा राजनीतिक दबाबको प्रयोग गरी दिने कुनै पनि धम्की वा उसलाई कम आँक्ने प्रयासहरू पूर्ण रुपमा स्वीकार्दैन।

साउदी आन्तरिक मन्त्रीले एक विज्ञप्ति जारी गर्दै उनको देश खसोग्गी बेपत्ता भएको घटनासम्बन्धी सत्यतथ्य पत्ता लगाउन इच्छुक भएको बताएपनि साउदी अरेबियाले अहिलेसम्म छानबिन प्रक्रियामा हालसम्म सहयोग नगरेको टर्कीका विदेशमन्त्रीले बताएका छन्।

टर्कीका अधिकारीहरूलाई इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासभित्र गर्न दिन पनि टर्कीका विदेशमन्त्रीले आह्वान गरेका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार