कैलालीको मोहन्याल गाउँपालिका–७ चिसापानीमा पर्ने कर्णाली नदीमा डुंगा पल्टिँदा दुईजना बेपत्ता भएका छन्। दसैंको अवसरमा चिसापानी घुम्न गएका बेला डुंगा पल्टिएको हो।

इलाका प्रहरी कार्यालय चिसापानीले दिएको जानकारी अनुसार डुंगा पल्टिदा कैलालीको जोशीपुर गाउँपालिका–६ का २३ वर्षका पुरुषोतम  चौधरी र वडा न २ का २२ वर्षका समीर बडेला कर्णाली नदीमा बेपत्ता भएका हुन्।

काठको सानो डुंगामा पाँचजना चढेपछि डुंगा पल्टिएको इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक दीपेन्द्र केसीले जानकारी दिए।

सोमबार साँझ साढे पाँच बजे पल्टिएको डुंगाबाट तीनजनाको स्थानीय र प्रहरीले उद्दार गरेको छ। बेपत्ताको खोजी भैरहेको प्रहरीले जनाएको छ। बेपत्ता चौधरी शिक्षक हुन्।

 उता महेन्द्रनगरदेखि दार्चुला हिँडेको ना ५ ख ८११७ न को पवनदूत यातायातको बस दुर्घटनामा परेको छ। मंगलबार बिहान ५ बजे बैतडीको बाङ्गा बगड्मा बस दुर्घटना हुँदा ५ जना घाइते भएको बैतडीका प्रहरी उपरीक्षक कान्तिराज जोशीले जानकारी दिए।

बस दुर्घटनाको कारण खुलेको छैन। बस चालक प्रहरी नियन्त्रणमा छन् भने घाइतेहरूको उपचार दार्चुलाको गोकुलेश्वरमा अस्पतालमा भइरहेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार