
नेपाल कम्युनिस्ट पार्टी कैलालीले संगठन सुदृढ तथा विस्तार अभियानलाई तीव्रता दिएको छ । अरु दशैंको रमझममा व्यस्त भएको बेला नेकपाले जिल्लाभरी संगठन विस्तार गरिरहेको छ ।
यसैबीच जिल्लाको कैलारी गाउँपालिकामा जनपरिषद् गठन गरेको छ । नरेश चौधरीको संयोजकत्वमा १३ सदस्यीय जनपरिषद् गठन गरेको नेकपा कैलालीले जनाएको छ ।
परिषदले स्थानीय तहमा भइरहेका जनगुनासो सँगै जनजीविकाका विषयमा संघर्ष गर्ने नेकपाले जनाएको छ । स्थानीय तहमा व्यपाक भ्रष्टाचार भइरहेको पार्टीमा आइरहेका रिपोर्टबारे जनपरिषदले अनुसन्धान गर्ने नेकपाले जनाएको छ । जिल्लाका धेरै ठाउँबाट
जनप्रतितिधिले कर बढाएको, सानातिना काममा ढिला सुस्ता गरेको र कमिसन मागेको गुनासो पार्टीमा आइरहेको नेकपाले जनाएको छ ।
नेकपाले जनपरिषदलाई यसलाई समानान्तर सरकारको रुपमा विकास गर्दै आइरहेको छ । कैलारीमा पनि त्यही रुपमा अगाडि बढाउने अनुमान गरिएको छ ।
सोही गाउँपालिकाबाट विभिन्न पार्टी परित्याग गरेर २५ जना नेकपामा प्रवेश पनि गरेका छन् । नव प्रवेशी अधिकांश पूर्व माओवादी केन्द्रका स्थानीय नेता–कार्यकर्ता रहेको बताइएको छ ।







