
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले दश वर्षे जनयुद्धमा क्रान्तिकाे मुख्य केन्द्र राप्तीकाे राेल्पा र कर्णालीकाे कालिकाेटले ठूलाे भूमिका खेलेकाे भन्दै महासचिव विप्लव र अाफुले अहिले जनयुद्धकाे मुख्य उत्तराधिकारीकाे रूपमा खडा भएकाे दाबी गरेका छन् ।
दश वर्षे जनयुद्धमा राप्तीकाे राेल्पाबाट महासचिव विप्लव र कर्णालीकाे कालिकाेटबाट अाफु जनयुद्धकाे विरासतलार्इ नेतृत्व गर्न तयार भएर नयाँ एकीकृत जनक्रान्तिकाे बाटाेबाट अगाडि अाएकाे जिकिर गरे ।
हालै एभिन्युज टेलिभिजनसँगकाे कुराकानीमा प्रवक्ता प्रकाण्डले ०५३-५४ तिरकाे जनयुद्धमा राप्ती र कर्णालीले जनयुद्धकाे नेतृत्व नगरेकाे भए प्रचण्ड त्याे बेलै क्रान्तिबाट भागिसक्ने बताए । अाफुहरू(विप्लवहरूसहित)ले जनयुद्धमा निर्णायक भूमिका खेलेकाेले प्रचण्डलार्इ सजिलाे भएकाे प्रकाण्डकाे भनार्इ छ ।
‘हामीले जनयुद्धमा ठूलाे याेगदान गर्याैं । राप्तीबाट राेल्पा र कर्णालीबाट कालिकाेटले जनयुद्धमा ठूलाे भूमिका खेल्याे ।’ प्रकाण्डले अन्तवार्तामा भनेका छन्, ‘राप्ती र कर्णालीबाट हामी क्रान्तिकारीले त्यति ठूलाे त्याग नगरेकाे भए प्रचण्ड ०५३-५४ मै जनयुद्धबाट भाग्ने देखिन्थ्याे ।’
प्रचण्ड र बादलहरूले जनयुद्धमा सकारात्मक भूमिका खेलेकाे भन्दै अहिले प्रतिक्रियावादमा पतन भएकाे नेता प्रकाण्डकाे अाराेप छ ।
भिडियाे –







