
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले जनअपेक्षाअनुसार सरकारले काम गर्न नसकेको अाराेप लगाएका छन् ।
काठमाडौंमा मंगलबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले सरकार साना विषयमा अल्झिदा नागरिकमा निराशा बढेको बताए ।
महंगी नियन्त्रणमा ठोस् काम नगर्दा उपभोक्ता मारमा परेको र विकास निर्माणका गतिविधि पनि सुस्त हुँदा शक्तिशाली भनिएको सरकार पनि उस्तै रहेछ भन्ने सन्देश जान थालेको उनको भनाइ छ ।
नेता खनालले संविधान कार्यान्वयमा भने सरकार सफल रहेको दावी गरे । सिमित कमजोरी सुधार्दै जनविश्वास कायम राख्न सरकारले भूमिका बढाउनु पर्ने उनको सुझाव छ ।
केपी नेतृत्वकाे सरकारले काम गर्न नसकेकाे भन्दै प्रचण्ड, माधव नेपाल हुँदै शीर्ष नेताहरूले नै अाक्रमण गरिरहेकाे बेला झलनाथ खनालले अाेली सरकारकाे अालाेचना गरेका हुन् ।







