सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीका नेता एवम् सांसद महेश बस्नेतले दशैंलगत्तै मन्त्रिमण्डल हेरफेर हुने र सचिवालय पनि पूनर्गठन हुने घोषणा गरेका छन् ।

केपी अाेलीका नजिकका पात्र मानिने बस्नेतले यस्ताे अभिव्यक्ति दिनु ठूलाे अर्थ राख्दछ । बस्नेतले सरकारकाे नेतृत्व केपी अाेलीले राम्राेसँग गरेकाे तर अरू मन्त्रीहरू असफल भएकाे बताएका छन् ।

बस्नेतले भनेका छन्,‘अहिलेसम्मको समिक्षा गर्दा प्रधानमन्त्री केपी शर्मा ओली सफल हुनुभएको छ । र, आगामी दिनमा पनि सफल हुनुहुन्छ । ७ महिनाको कार्यकालको समिक्षा स्वयम् प्रधानमन्त्रीले पनि गर्दैहुनुहुन्छ ।’

नेता बस्नेतले दशैंलगत्तै सरकारल केही लोकप्रिय कार्यक्रम ल्याउने पनि जानकारी दिए । उनले भने,‘सरकारले केही वितरणमुखी बजेट ल्याउनेछ । र, सरकारले समग्रतामा चाहे त्यो प्रधानमन्त्रीको सचिवालयको पूर्नगठनको कुरा होस या मन्त्रिमण्डल पूर्नगठन गर्ने कुरामा पनि ध्यान दिनेछ । प्रहरी प्रशासन परिचालनको विषयमा पनि ध्यान दिनेछ ।’

उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग जनता अहिले खुशी रहेको विश्वास दिलाए । उनले भने,‘सरकारको परफर्मेन्सबाट जनता खुशी छन् ।’

संघीयता कार्यान्वयन गर्न धेरै चूनौति रहेको उनले बताए । उनले भने,‘प्रदेश सरकार चलाउन पनि अप्ठ्यारो छ । केही मन्त्रीका कारण सरकार साख गिरेका कारण प्रधानमन्त्री ओलीले यसअघिदेखि नै मन्त्रिमण्डल पुनर्गठन गर्ने संकेत गर्दै आएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार