
भारत नियन्त्रित काश्मिरमा बुधबार भएको भिडन्तमा एक भारतीय प्रहरीसहित चारजनाको मृत्यु भएको छ।
श्रीनगरको फतेह कदल इलाकामा बुधबार बिहानै भएको भिडन्तमा तीन आक्रमणकारी र एकजना भारतीय प्रहरीको मृत्यु भएको हो।
एसएसपी इम्तियाज इस्माइल पारेलाई उद्धृत गर्दै भारतीय सञ्चमाध्यमल जनाए अनुसार त्यस क्षेत्रमा केही आक्रमणकारी छिरेको थाहा भएपछि ‘सर्च अपरेशन’का क्रममा भिडन्त भएको हो।
भिडन्तपछि त्यस क्षेत्रमा सर्च अपरेशन जारी छ। भिडन्तपछि उक्त क्षेत्रका स्कुल कलेज र इन्टरनेट सेवा बन्द गरिएको छ।
गत बिहीबार सुरक्षाबलले हिजबुल मुजाहिदिनका एक सदस्यको मन्नान बानीको ज्यान लिएका थिए। त्यसपछि यस क्षेत्रमा चरमपन्थीको गतिविधि तीब्र भएको छ।
काश्मिर भारतकाे नियन्त्रित राज्य भनिएपनि त्यस क्षेत्रका बासिन्दाहरूले अाफुहरू स्वतन्त्र राज्य रहेकाे बताउने गरेका छन् ।
उनीहरूले वर्षाैदेखि स्वतन्त्रताका लागि अान्दाेलन गरिरहेका छन् तर भारत सरकारले दमनबाट काश्मिरका जनतालार्इ दमन गर्ने गरिरहेकाे छ ।







