दशैंको लागि स्थगित नेपाल कम्युनिस्ट पार्टीको अभियान पुनः सुचारु भएको छ ।

यसै क्रममा कैलालीमा जिल्ला इन्चार्ज विवेक कुमालका अनुसार कात्तिक ४ गतेबाट अभियान सुचारु भएको छ ।

अभियान सुरु भएको पहिलो दिनमै बर्दगोरिया गाउँपालिका र कैलारी गाउँपालिकाबाट पूर्वएमाले र माओवादी केन्द्रका ४६ जना नेता–कार्यकर्ताहरुले पार्टी प्रवेश गरेका छन् । नवप्रवेशीलाई जिल्ला इन्चार्ज विवेकले टिका लगाएर स्वागत गरेका थिए । उनीहरु पनि अभियान टोलीमा सहभागी भएका छन् ।

नेकपाको केन्द्रीय समितिको निर्णयअनुसार कैलालीमा ‘संगठन सुदृढिकरण तथा विस्तार’ अभियान जारी छ । दशैंमा सबै व्यस्त हुने भएकोले केही दिनको लागि स्थगित गरिएको अभियान कात्तिक ४ गतेबाट पुनः सुरु गरिएको हो ।

अभियान टोली सर्वसाधारणको घरदैलोमा पुगेर काममा सहभागी भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार