मेलिना राईसँग विहे गर्ने बताउँदै आएका बाल गायक मनिष लिम्बू र मेलिना राईको नयाँ गीत सार्वजनिक भएको छ ।
मेरो अनलाईन टिभी युट्युुव च्यानलबाट सार्वजनिक उक्त भिडियोलाई दर्शकहरुले निक्कै रुचाएका छन् । मनिषले गीतमा ढिला जन्मेछु भनेपछि मेलिनाले पनि गीतमार्फतनै चाँडै जन्मे भनेर पछुतो मानेकी छन् । कल्पना आङ्बुहाङले दुईजनाको अन्तरवार्ताहरु हेरेर आफूले उनीहरुकै लागि भनेर गीत रचना गरेको बताईन् । युकेमा बस्दै आएकी आङ्बुहाङले मनिष र मेलिनाको लागि भनेर लेखेका शब्दहरुमा ताराप्रकाश लिम्बूले संगीत भरेका छन् भने एरेन्ज सविन लिम्बूले गरेका छन् ।
मेलिना र मनिषको यो गीतलाई स्टुडियो म्युजिक भिडियोको रुपमा सार्वजनिक गरिएको हो । पाँचथर कुरुम्बाका यी भाईरल प्रतिभा मनिषले आफ्नो पहिलो प्रेम मेलिनासँग परेको बताउँदै आएका छन् । काठमाडौं आएदेखि नै उनी मेलिना,मेलिना भन्दै पटक पटक उनको नाम लिईरहेका थिए ।







