नेकपा (क्रान्तिकारी माओवादी) का बरिष्ठ नेता सिपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प अहिले नेकपाभित्र कोही पनि नरहेको बताएका छन्। उनले भने,‘प्रचण्डको अहिले प्रधानमन्त्री हुने कुनै संभावना छैन। प्रचण्डमात्रै होईन, ओलीको विकल्प अहिले माधव नेपालपनि होईन। संविधानतः ओलीको अहिले विकल्प छैन्। सडक आन्दोलनबाट चाहीँ हटाउन विकल्पै विकल्प छन्।’

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्री ओली नेतृत्वको सरकार कुनै हालतमापनि सफल नभएको दाबी गरे। उनले भने,‘ओली सरकारले जनताको आँखामा छारो हाल्ने कामभन्दा अरु केही पनि गर्न सकेको छैन। यो सरकारलाई सफल सरकार भन्ने ठाउँ कतैपनि छैन्।’
आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘ओली सरकारको यो ७ महिनाको क्रियाकलाप र गतिविधि हेर्दाखेरि पूर्ण रुपमा असफल भयो। यसलाई सफल भन्ने केही पनि आधार छैन्।’ओलीले प्रधानमन्त्रीको पदभार ग्रहण गरेदेखि पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको उनले गुनासो पोखे। उनले भने,‘त्यसको असर खाद्यान्नदेखि दैनिक उपभोग्य वस्तुमा परेको छ।
दशैंअघि १२० रुपैयाँ पर्ने च्याउ दशैंको मुखमा २२० पर्यो, यसमा १०० प्रतिशत मुल्यवृद्धि भएको छ।’नेता गजुरेलले साँढे ३३ केजी सुन प्रकरणको बारेमा सरकारले केही समय हल्लीखल्ली मच्चाएपनि अहिले त्यो सुन नै गायब भएको आरोप लगाए। उनले भने,‘शान्ति, सुरक्षाको अवस्था त्यस्तै छ। निर्मला पन्तको बलात्कारप हत्या भएको यत्तिका दिन भयो। तर, अहिलेसम्म बास्तविक अपराधी पत्ता लगाउन सकेको छैन। प्रधानमन्त्री ओलीले अपराधी पत्ता लगाउन १२ वर्ष लाग्न सक्छ भन्नुभयो। उनले यतिका वर्ष भैसक्यो मदन भण्डारीको हत्यारा पत्ता लगाउन सकिएको छैन भन्दै उदाहरण दिनुभयो।’
मुलुकको राष्ट्रिय स्वाधिनता रक्षा गर्न पनि सरकार चुकेको उनले आरोप लगाए। उनले भने,‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा जनकपुरमा ओली र मोदीले लगाएको पोशाक हेर्नुभए पुग्छ, मोदी आउँदा २५० जना स्पेशल कमाण्डहरुले हिमालदेखि तराईसम्म परेड खेले। नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरा अहिले भारतमा परेका छन्। त्यही नक्शा प्रधानमन्त्री कार्यालयमा झुण्डाएर राखिएको छ। ७ वटा प्रदेशमा प्रत्येक प्रदेशको १००१९ वर्ग किलोमिटर क्षेत्रफल पुग्दैन्।
कहाँ हरायो ? भन्नेबारे सरकारलाई केही थाहा छैन्।’चिकित्सा क्षेत्रको सुधारको लागि २७ दिनसम्म अनशन बसेर डाक्टर गोविन्द केसीले सरकारसँग सम्झौता गरेको तर, सरकारले सदनमा त्योसम्बन्धी कुनै काम नगरेको उनको आरोप लगाए। उनले भने,‘सदनमा डाक्टर केसीको माग पूरा गराउन कुनै विद्येयक नै टेबुल भएन्।







