नेपालकाे राजनीतिलार्इ अस्थीर बनाउने भारतीय रणनीति फेरि एकपटक उदांगाे भएकाे छ । 

सत्ताधारी नेकपाभित्र केपी अाेली र प्रचण्डलार्इ एक एक गरेर खेलाउने भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे भित्री स्वार्थ के छ भन्ने कुरा अबकाे केही समयभित्र पटाक्षेप हुने निश्चित छ ।

अाेली कसरी प्रधानमन्त्री बने ? उनले रेल र पानीजहाजकाे नारा कहाँबाट लिए ? अहिले अाेली र माेदीबीच कस्ताे सम्वन्ध छ भन्नेबारे नेपालका एक विश्लेषक अमृत बिकले सनसनीपूर्ण खुलासा गरेका छन् ।

अाेली र प्रचण्डलार्इ  खेलाएर नरेन्द्र माेदी के गर्न चाहन्छन् भन्नेबारे विश्लेषक विककाे यस्ताे छ अन्नपूर्ण दैनिकमा व्यक्त विचारहरू :

समकालीन विश्व राजनीतिमा चतुर नेताको छवि बनाइसकेका नरेन्द्र मोदीले ओलीलाई फकाउने सूत्र पत्ता लगाए। त्यो हो ओलीको पानीजहाज र रेलको रहर। ओलीको पानीजहाजको रहर मोदीको रिभर लिंकिङ परियोजनाको पुरक हुने ठम्याइले नै मोदीले हिमालको समुद्रसम्मको पहुँचको नारा दिएका हुन्। प्रधानमन्त्री ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा नेपाललाई थप चारवटा हवाई रुट दिएर होस् या विराटनगरस्थित भारतीय दूतावासको फिल्ड अफिस बन्द गरेर भारतले ओलीलाई खुसी बनाउने कोसिस गर्‍यो।

तर नेपालले चीनसँगको पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर गर्दै बिम्स्टेक राष्ट्रहरूको संयुक्त सैन्य अभ्यासमा भाग लिने सहमतिबाट पछि हटेर चीनसँगको संयुक्त सैन्य अभ्यासमा सामेल भएपछि भारतले नेपालप्रतिको आफ्नो रबैया बदलेको देखिन्छ। अब उसो भारतले ओली सरकारलाई फकाउने र दबाबमा राख्ने दोहोरो रणनीति अख्तियार गर्नेछ। उच्च प्राथमिकता दिएर प्रचण्डलाई भारत भ्रमणमा बोलाउनु र नेपाललाई दिने भनिएको थप हवाई रुटको सहमतिबाट पछि हट्नु उसको नयाँ रणनीतिको सुरुवात हो।

भारतले अब के गर्ला त? दक्षिण एसियामा चीनको बढ्दो प्रभावबाट अत्तालिएको भारतले चीनको डेब्ट ट्र्याप डिप्लोमेसीको नकारात्मक प्रचार गरेर होस् या प्रो–इन्डियन शक्तिलाई अघि सारेर आफ्नो प्रभाव मजबुत बनाउन खोज्दै छ। उसले माल्दिभ्समा सफलता हासिल गरेको छ। त्यस्तै सफलता नेपाल र श्रीलंकामा हासिल गर्न चाहनेछ।

भारतले अब के गर्ला त? दक्षिण एसियामा चीनको बढ्दो प्रभावबाट अत्तालिएको भारतले चीनको डेब्ट ट्र्याप डिप्लोमेसीको नकारात्मक प्रचार गरेर होस् या प्रो–इन्डियन शक्तिलाई अघि सारेर आफ्नो प्रभाव मजबुत बनाउन खोज्दै छ। उसले माल्दिभ्समा सफलता हासिल गरेको छ। त्यस्तै सफलता नेपाल र श्रीलंकामा हासिल गर्न चाहनेछ।

भारतले यो सरकारको विकल्पमा विपक्षी कांग्रेस र मधेसवादी दललाई अझै अघि सार्ने छैन। उसले प्रचण्डको महत्वकांक्षी र ओलीको चातुर्यलाई राम्रोसँग बुझेको छ। प्रधानमन्त्री आलोपालो गरेर चलाउने या महाधिवेशनमार्फत आफूलाई पार्टीको अध्यक्ष दिने भद्र सहमतिमा प्रचण्डले पार्टी एकीकरण गरेका हुन् भन्नेमा भारत जानकार हुनुपर्छ। यी दुई पदमध्ये एक पद ओलीले सजिलै छाड्ने छैनन् र यी दुई पदमध्ये एउटा नपाए प्रचण्ड ओलीको छाया भएर बस्ने छैनन् भन्ने हिसाबकिताब भारतले गर्नेछ। ओली प्रचण्डको बीचमा संशय पैदा गर्ने र उपयुक्त समयमा एउटाको विरुद्धमा अर्कोलाई खडा गर्नका निम्ति मोदीले जाल बुन्नेछन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार