
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले दशैँ, तिहार, छठ, नेपाल सम्वत, इदको अवसरमा आयोजित चियापानका मुख्य आकर्षकका रुपमा हेरिएका प्रधानमन्त्री केपी शर्मा ओली नै सहभागी नहुँदा खल्लो भयो।
बिहानैदेखि चियापान कार्यक्रमस्थल भृकुटीमण्डपमा प्रवेशका लागि हजारौँ लामबद्ध भए।चियापान कार्यक्रमस्थल प्रवेश गर्नेहरुको लाइन पद्दमोदयमोड कटेको थियो।
कार्यक्रममा प्रधानमन्त्री आउने भन्दै अन्तिम समयसम्म भनिए पनि अन्त्यमा महासचिव विष्णु पौडेलले प्रधानमन्त्री नआउने जानकारी सञ्चारकर्मीलाई दिए।
छातीमा संक्रमण देखिएको भन्दै उनी कार्यक्रममा नआउने महासचिव पौडेलले जानकारी दिए। उनले यस्तो बताउँदै गर्दा उनले भने, ‘भौतिक रुपमा उहाँ यहाँ आउन नसके पनि भावनात्मक रुपमा यही हुनुहुन्छ।’
सत्ताधारी नेकपाका असन्तुस्ट समूहको नाममा बहिस्कारको पर्चा, पर्चा छर्ने कुटिए
भृकुटी मण्डपभित्र चियापान चलिरहेको थियो। एक युवा पर्चाको बण्डल बोकेर भित्र प्रवेश गरे र पर्चा वितरण गर्न थाले। पर्चा थियो ने क पा असन्तुस्ट समूहको नाममा। पर्चामा महंगो र खर्चिलो चियापान कार्यक्रम बहिस्कारको आह्वान गरिएको थियो।
उनले पर्चा वितरण गर्दै गर्दा ने क पाका कार्यकर्ता आए। पर्चा नियन्त्रणमा लिए। पर्चा छर्नेलाई दुई चार झापड लगाए। अनी बाहिर पठाए।
चियापानको मेनुः सर्वसाधारणलाई केरा, विशिष्ठलाई स्याण्डविच
चियापान कार्यक्रमका लागि नास्ता वानेश्वरस्थित अर्पण ब्याङ्क्वेट तयार पारेको थियो। सर्वसाधरणको नास्ताको मेन्यूमा केरा, लड्डु, खस्ता कचौरी, नमकिन र चिया थियो।
तर विशिष्ठका लागि चियापानमा, कालो, सेतो चिया मात्र नभई कफी पनि थियो। उनीहरुलाई केरा र लड्डु नभइ स्याण्डविच र पेडा तयार पारिएको थियो।

भीअाइपीहरूकाे लागि तयार पारिएकाे स्याण्डविच

सर्वसाधारणहरूकाे लागि तयार पारिएकाे केरा र लड्डु ।







