झापाको गौरादहमा अाइतवार व्यानर, प्लेकार्ड सहित नाराबाजी गर्दै केही मानिसहरू सडकमा निस्किए ।

गाैरादह नगरपालिकाको डिपु चोकमा राँके जुलुस सहित मानिसहरू राँके जुलुससहित  निस्किए पछि केहीबेर उक्त क्षेत्र तनाब पूर्ण रहेका थियाे । सडक कार्य समयमै निर्माण नभएपछि उनीहरू सडकमा निस्किएका हुन् ।

१९ महिना अगाडि निर्माण सम्झौता भएको गौरादह– बैगुनधुरा– कोरोबारी सडक निर्माण योजना चालु आर्थिक बर्षमा रोकिए पछि स्थानीयहरु आक्रोसित बनेका हुन् ।

प्रदर्शनका क्रममा डिपु चोकमा बालिएको टायर निभाउदै कोण सभाको मायक प्रहरीले नियन्त्रणमा लिन खोजेपछि प्रदर्शनकारी स्थानीय र प्रहरी बीच झडपको स्थिति सिर्जना भएको स्थानीयकाे दाबी छ ।

शान्तिपूर्ण आन्दोलन नामाकरण गरिएको स्थानीयहरुको स्वतस्फुर्त प्रदर्शनमा पाँचवटा मागहरु अघिसारिएको छ । ब्यानरमा गौरादहदेखि बैगुनधुरा जोड्ने सडक निर्माण कार्य पूरा गर, धुलो रहित वातावरण निर्माण गर, वातावरण प्रदुषण बन्द गर, जनता झुक्याउन बन्द गर, धुलो रहित वातावरणका निम्ति बैकल्पिक मार्ग चालु गर लगाएतका माग उल्लेख छन् ।

धुलो र प्रदुषणले आक्रोसित स्थानीयले आज दिउँसो नै एक कार्यक्रम गरेर सो सडक खण्डमा अनिश्चित कालिन यातायात अवरुद्ध समेत गरेका छन् ।

चुनावताका स्थानीय र केन्द्रका नेताहरूले ठूल्ठूला अाश्वासनहरू दिने तर ती अाश्वासनहरू पूरा नगरेपछि अाफुहरू अाक्राेशित भएर यस्ताे अान्दाेलन गर्न बाध्य एक प्रर्दशनकारीले प्रतिक्रिया दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार