नयाँ नेतृत्व चयन गर्दै विप्लव नेतृत्व नेकपा निकट योङ्ग रेड फोर्स नेपालको प्रथम भेला काठमाडौँमा सोमबार सम्पन्न भएको छ ।

भेलाको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य एवम् मध्यकमान्ड इन्चार्ज सुदर्शनले दलाल पुँजीवाद नेपाली क्रान्तिको प्रमुख अन्तरविरोध रहेको र एकीकृत जनक्रान्ति सम्पन्न गर्न युवाहरूको भूमिका महत्वपूर्ण रहेको बताए ।

नेपालको राष्ट्रियता, जनतन्त्र र जनजीविकाको रक्षाका साथै वैज्ञानिक समाजवाद स्थापना गर्न एकीकृत जनक्रान्ति सञ्चालन गरिरहेको नेकपाको नेतृत्वमा सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट र देशभक्तहरू एकताबद्ध हुनुपर्ने सुदर्शनले बताए ।

भेलाले पाटन शेर्पालीको अध्यक्षतामा ४५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । सङ्गठनका पदाधिकारीमा उपाध्यक्ष दिनेश, महासचिव भैरव पुन ‘सागर’, सचिव सञ्जीव लामा र कोषाध्यक्षमा तिलक गुरुङ ‘रोज’ रहेका छन् ।

भेलाले सङ्गठनको नाम परिवर्तन गरी युवा सङ्गठन नेपाल पारित गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार