गाेपाल किराती नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन सम्पन्न भएको छ । शनिबारबाट बुटवलमा सुरु भएको सम्मेलन साेमवार सम्पन्न भएको हो ।

विधान सम्मेलनले पार्टीको विधान, राजनीतिक कार्यदिशा पारित गरेको छ । पार्टीका महासचिव कर्णजीत बुढाथोकीले पेश गरेको राजनीतिक प्रतिवेदन र विधान पारित गर्दै सम्मेलन ‘समाजवाद स्थापनाका लागि महान् जनबिद्रोहको तयारीमा अघि बढौं’ भन्ने नाराकासाथ अभियानमा सुरु भएको छ ।

पार्टी अध्यक्ष गोपाल किरातीले अभियानको बुटवलमा उद्घाटन गरेका छन् । अभियान क्रममा हिमाल, पहाड र तराईमा चल्ने बताइएको छ ।

सम्मेलनमा सहभागी भएकाहरुलाई सात समूहमा विभाजन गरी राजनीतिक प्रतिवेदन र विधानमाथि छलफल गराइएकाे थियाे ।

प्रचण्डहरू पूर्व एमालेमा पुगेर विलय भएकाे भन्दै गाेपाल किरातीकाे नेतृत्वमा स्थापना भएकाे माअाेवादी केन्द्रले विप्लव नेकपा र वैद्य माअाेवादीसँग एकता गर्ने प्रस्ताव यस अगाडि सारेकाे थियाे ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार