बर्दिया । जिल्लाको राजापुर नगरपालिका ४ छेडियाकी १४ वर्षिया बालिका प्रमिला चौधरी मृत अवस्थामा फेला परेकी छिन् । मृत अवस्थामा फेला पर्नेमा बर्दिया जिल्लाको राजापुर नगरपालिका ४ छेडियाको मुक्त कमैया टोल बस्ने १४ वर्षिया बालिका प्रमिला चौधरी रहेको बुझिएको छ।
आइतबार बिहान बाख्रा चराउन घरबाट नजिकैको जङ्गल गएकी १४ वर्षिया चौधरी आज नजिकैको जङ्गलमा रुखमा झुन्ड्याईएको अबस्थामा फेला परेकी हुन् ।
लासको प्रकृति हेर्दा उनको हत्या गरेर झुण्ड्याईको हुन सक्ने जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ । हत्या गरीसकेका झुन्ड्याईएको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान अगाडी बढाएको छ।aakalannews.com







