काठमाडौं, १३ कात्तिक । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ । आज दिउसो मुख्य सचिव पशुपतिभक्त महर्जनलाई पठाएर प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति बारे पूर्व राजा शाहले जानकारी पनि लिनु भएको छ ।
काठमाडौंको महाराजगञ्जस्थित कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइरहनु भएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ ।

यो पनि पढनुहोस:
अस्पतालको शैयाबाटै प्रधानमन्त्रीको वक्तव्य- भ्रम छर्नेका पछाडी नलाग्नुस्, केहि दिनमै जनताको सेवामा फर्किन्छु
काठमाडाैं । काठमाडौं । शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यप्रति देखाएको चिन्ता र स्वास्थ्यलाभको कामनाका लागि सवैलाई धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री आेलीले अस्पतालबाटै वक्तव्य जारी गर्दै केहि सामाजिक संजाल र डिजिटल मिडियाले आफ्नो स्वास्थ्य स्थितिबारे अफबाह फैलाएको प्रति आफू जानकार रहेको र त्यस्ता कुरालाई विश्वास नगर्न समेत आग्रह गरेका छन् ।

यसका साथै उपचार पछि जनताको सेवामा फर्किने र जनताको कामलाई उच्च प्राथमिकतामा राखेर अगाडी बढ्ने प्रण समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार