काठमाडौं – गृह मन्त्रालयले सेवाबाट बर्खास्त गर्ने निर्णय गरेपछि कञ्चनपुरका तत्कालीन् प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले आइतबार अदालत जाने घोषणा गरेका छन्।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रभावकारी कार्य सम्पादन तथा अनुसन्धान नगरेको भन्दै मन्त्रालयले विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले भने, ‘मैले यत्रो काम गरें । मलाई न्याय दिनुपर्नेमा मेरो संगठनले त्यस्तो गरेन । अब म अदालत जान्छु । मसँग अरु कुनै विकल्प नै छैन।’
गृह मन्त्रालयले बिहीवार उनीहरुलाई बर्खास्त गर्ने निर्णय गरेको हो । गृहसचिव प्रेमकुमार राईको निर्देशनानुसार प्रहरी प्रधान कार्यालयले निलम्बित एसपी विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टसँग स्पष्टीकरण सोधेको थियो । सो अनुसार उनीहरुले बुधबार स्पष्टीकरण बुझाएपछि मन्त्रालयले बर्खास्तीको निर्णय गरेको हो ।
गत साउन १० गते रोशनी बमको घरमा गएकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो।ओली सरकारविरुद्ध एसपी विष्टको ठूलो निर्णय, अब निर्मलाका हत्याराको के हुन्छरु
काठमाडौं । गृह मन्त्रालयले सेवाबाट बर्खास्त गर्ने निर्णय गरेपछि कञ्चनपुरका तत्कालीन् प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले आइतबार अदालत जाने घोषणा गरेका छन्।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रभावकारी कार्य सम्पादन तथा अनुसन्धान नगरेको भन्दै मन्त्रालयले विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले भने, ‘मैले यत्रो काम गरें । मलाई न्याय दिनुपर्नेमा मेरो संगठनले त्यस्तो गरेन । अब म अदालत जान्छु । मसँग अरु कुनै विकल्प नै छैन।’
गृह मन्त्रालयले बिहीवार उनीहरुलाई बर्खास्त गर्ने निर्णय गरेको हो । गृहसचिव प्रेमकुमार राईको निर्देशनानुसार प्रहरी प्रधान कार्यालयले निलम्बित एसपी विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टसँग स्पष्टीकरण सोधेको थियो । सो अनुसार उनीहरुले बुधबार स्पष्टीकरण बुझाएपछि मन्त्रालयले बर्खास्तीको निर्णय गरेको हो ।
गत साउन १० गते रोशनी बमको घरमा गएकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो।
https://youtu.be/ZRfKqDTx2FI