
संसदीय व्यवस्थाको अन्त गर्दै वैज्ञानिक राज्यसत्ताको स्थापनाका लागि संघर्षरत नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कन्चनपुर जिल्लामा संगठन विस्तार र धुर्विकरण अभियान व्यापक रुपमा सन्चालन गरिरहेको छ।
जसअन्तर्गत संगठन विस्तार र क्रान्तिकारी राजनीतिक धुर्वीकरण कार्यक्रम कन्चनपुरको वेल्डाँडीमा पार्टी केन्द्रीय सदस्य तथा महाकाली व्युरो ईन्चार्ज राप्तीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। राम व.सिंहको अध्यक्षतामा आयोजना गरिएको सो कार्यक्रममा जिल्ला ईन्चार्ज अग्नि, सेक्रेटरी परिवर्तन, जनपरिषद प्रमुख विर सिं.सुनार अतिथि रहेका थिए।
कार्यक्रमलाई सम्वोधन गर्दै केन्द्रीय सदस्य राप्तीले प्रचण्ड-बाबुरामहरुकाे बेईमानी र गद्दारीका कारणले अलपत्र परेको जनवादी क्रान्तिको ऐतिहासिक कार्यभार आफुहरुले पुरा गर्दै स्वाधिन जनगणतन्त्र नेपाल स्थापना गर्ने बताउनु भयो।
उनले भने, ‘जनताका समस्या हल गर्नुको साटो वर्तमान के.पी.-प्रचण्ड मण्डलीको सरकारले उल्टै समस्या बढाईदिएका कारण असफल भईसकेको भन्दै संसदीय व्यवस्था जनताको हितमा हुन नसक्ने र जसको विकल्प निर्विवाद वैज्ञानिक समाजवाद मात्र हो।’
माओवादी केन्द्रका जिल्ला सदस्य आन सिंह महरा’अथक’,धर्म सिंह ऐर’मुक्ति’,दिल व.टमाटा,गिरी सुनार,लाल व.सिंह,लक्ष्मण व.सिंह,शोभा राना लगायतका ३५ जना पूर्व माओवादी केन्द्र र एमालेका नेता र कार्यकर्ताहरु विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।







