वैदेशिक रोजगारीले नेपालमा दैनिक एक अर्ब भन्दा माथि करोड रेमिटेन्स भित्रिन्छ । भनिन्छ नेपाल रेमिटेन्सले नै धानेको छ । नेपालको लाखैँ युवा युवतीहरू विदेशिएका छन् ।
विदेश गएर नेपालमा रेमिटेन्स त भित्रिन्छ । तर त्यो सगँसगैँ विकृति पनि फैलिन्दै गएको छ । आफ्नो घर परिवारलाई सुखमया बनाउनका लागि विदेशिएका कायै युवाहरूको घरबार नै उठिबास लागेको छ । पछिलो समय वैदेशिक रोजगारी पारिवारिक विचलन तीव्र रुपमा ल्याएको पाइन्छ ।

नेपालमा आफूले भने जस्तो काम पाइन्दै, पाए पनि जीविका धान्न कठिन हुन्छ । एक्लो भएसम्म त युवाहरू जसोतसो नेपालमै बसेरका हुन्छन् ।जब विवाह बन्धनमा बधिन्छन् । उनका काँधमा जिम्मेवारी पनि उतिकै थपिन्छ । नेपालको जागिरले परिवार धान्न नसकेपछि युवाहरू वैदेशिक रोजगारीमा जान्छन् ।

सुखी खुसी परिवारको सपना देखेर विदेशिएका युवाहरूको श्रीमती परपुरुषसँग लागेर धोका दिएर जीवनभर पछताउनुपर्ने बनेका हाम्रो समाजमा धेरै उदाहरणहरू छ। आफू विदेशमा बसेर जति पसिना चुहाए पनि यता आफ्नो घरबारको सत्यानाश भइरहेको हुन्छ । विवाह गरेर विदेशिने पुरुषहरू घर फर्किँदा घरमा स-साना छोराछोरीलाई छाडेर श्रीमती परपुरुषसँग गइसकेकी हुन्छिन् । परपुरुषसँग लागेर श्रीमतीले धोका दिएर जीवनभर पछताउनुपर्ने बनेका हाम्रो समाजमा धेरै उदाहरणहरू छ।sanopardatv

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार