काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको आगमन पछि जनतामा हर्ष छाइरहेको छ । दैनिक चार पाँच घण्टा विद्युत उपभोग गर्ने जनताले लामो समय भयो लोडसेडिङ कस्तो हुन्छ महशुस गर्न पाएका छैनन । कुलमानको सफल नृतृत्वको क्षमताको कारण अहिले प्राधिकरण नाफामा चलिरहेको छ । उनको अहिले देश भरिबाट खुबैं तारिफ भइरहेको छ । चाडपर्वको वेलामा विद्युत खपत्त धेरैं हुने भएको हुँदा वत्ति जान सक्छ कि भन्ने जनताको गुनासो मेटिएको छ ।
यसपटकको तिहारमा विद्युत उपभोग भरपूर गर्न पाइनेछ । नेपाल विद्युत प्राधिकरणले पर्याप्त विद्युत रहेकाले उपयोग बढाउन आग्रह गरेको हो । तीन बर्ष अघिसम्म १८ घण्टासम्म लोडसेडिङको मार खेप्न बाध्य नेपालीका लागि यसपटक भने पर्याप्त विद्युत उपयोग गर्न प्राधिकरणले नै आग्रह गरेको छ । यस बर्षको लक्ष्मीपूजाका लागि १ हजार २ सय ५० मेगावाट विद्युत तयारी अवस्थामा राखेको छ । आजको घटना र विचार साप्तिाहकमा खबर छ ।







