काठमाडाैं । कर्णाली प्रदेश अन्तरगत पर्ने विकट जिल्ला जाजारकोटमा कांग्रेसका नेता तथा पूर्वसांसद राजीवविक्रम शाहले २५ शैयाको अस्पताल निर्माण गरेका छन् ।
विकटका जनतालाई सुलभ स्वास्थ्य सेवा दिने भन्दै शाहले ०७० को निर्वाचनमा जनतासंग प्रतिदव्धता जाहेर गरेका थिए । सोहि प्रतिबद्धता पुरा गर्न झण्डै ५ करोड रुपैयाँ लागतमा एक वर्षअघि अस्पताल सुरु गरिएको हो ।
अबको केहि दिनमै अस्पतालको भाैतिक पूर्वाधारको काम सम्पन्न गरेर ‘कम्तीमा एक जना एमडीजीपी गरेको डाक्टर राखेर सामान्य खालका शल्यक्रियासहित सेवा उपलब्ध गराउने तयारीमा जुटेको शाहले जनाएका छन् ।
सांसदकै अगुवाइको संस्था कुमारी ट्रस्टले सञ्चालन गर्ने अस्पतालमा मासिक कम्तीमा ३० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। डाक्टर र स्टाफका लागि आवास, प्रशासनिक भवन, सोलार र जेनेरेटर राख्ने भवन पनि निर्माण गरिएको छ। भूकम्पप्रतिरोधी भवन निर्माणसँगै अस्पतालका लागि आवश्यक पर्ने २ करोड ५० लाख रुपैयाँका उपकरण पनि किनिएको नेपालपानासंगको कुराकानीमा उनले जाकारी दिएका छन् ।







