दोलखा : जिल्ला को कालिञ्चोक गाउँपालिका स्थित निर्माणाधिन कालिञ्चोक केबुलकार तिहार अघिनै व्यवसायिक रुपमा सञ्चालनमा आउने भएको छ ।
दशैं अघि परिक्षण सञ्चालनमा आएको केबुलकार अबको केहि दिन भित्र व्यवसायिक रुपमै सञ्चालनमा आउने भएको हो ।
केबलकार सञ्चालनमा आएपछि कुरी हुँदै कालिञ्चोक र कालिञ्चोक हुँदै कुरी आवतजावत गर्ने दर्शनार्थी र पर्यटकहरुलाई सहज हुने भएको छ । कालिन्चोक केबलकारको ४ वटा कारहरु रहेका छन् भने एउटा कारमा एक पटकमा १० जनाले यात्रा गर्न सक्छन् ।
कालिञ्चोक दर्शन लिमिटेडले साँढे २ वर्ष अघि निर्माण सुरु गरेको कालिञ्चोक केवुलकार करिव ४५ करोड लागतमा सम्पन्न हुन लागेको कालिञ्चोक केबलकारका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले जानकारी दिए ।
कालिन्चोक केवुलकार निर्माणको काम अहिलेसम्म ९७ प्रतिशतसम्पन भइसकेको छ । अधिकृत शिवाकोटीका अनुसार केबलकार सञ्चालनमा आएपछि सर्वसाधरण नागरिकले ५ सय शुल्क तिरेर चढ्न पाउने छन् ।







