काठमाडौं, १५ कात्तिक । डल्लुका ४१ वर्षीय श्याम सुन्दर श्रेष्ठ, गत शुक्रबार घरबाट साइकल लिएर निस्किए । उनि राति अबेरसम्म घर फर्किएनन् । घरबाट वृद्ध आमा सावित्री श्रेष्ठले राति पटक पटक फोन गरिन् तर लाग्दै लागेन ।

श्याम सुन्दर, आमाले फोन गरिरहँद कीर्तिपुर स्थित टियु गेट नजिक काठमाडौं उपत्यका खानेपानी संस्थानले बैशाखमा खनेको खाडलमा डुबीसकेका थिए । सुनसान रातमा कतिबेला खाडलमा खसे कसैले पत्तो नै पाएनन् । बिहानपख मात्रै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । रातभरी छोराको बाटो कुरेकी आमाले अब छोराको अनुहार कहिल्यै देख्न नपाउने भइन् ।

साइकलबाट देशका सबै जिल्ला र विश्वका अधिकांश देश घुमेका उनि परिवारका एक्ला छोरा थिए । केयुकेएलले खनेको खाँडल समयमै नपुर्दा आमाले छोरा गुमाइन्, ३ बहिनीले बाबु पछिका दाजु गुमाए । घर आँगनमा भाइटीकाको रमझम सुरु हुँदा श्याम सुन्दरकी बहिनी मृतक दाजुको स्वर्गवास कामना गर्दै तस्वीर माला र दियोमा तेल थपिरहेकी छन् ।

सडकमा सरकारी निकायले खनेको खाडलमा परेर ज्यान गुमाएका उनको परिवारलाई सहानुभुती दिन समेत कुनै सरकारी निकाय पुगेको छैन ।
केयुकेएलले बैशाखमा यहाँ खाडल खनेको थियो । यस अघि साइकल, मोटरसाइलक तथा पैदल यात्रु खस्दा स्थानीयले केयुकेएललाई खाडल पुर्न बारम्बार अनुरोध गरे तर यो खाडल पुर्न श्याम सुन्दरले ज्यान गुमाउनै प¥यो ।

केयुकेएलका अधिकारीहरु केयुकेएलको कमजोरी नभई बाटोमा हिड्ने श्यामसुन्दरको गल्तीका कारण ज्यानको दाबी गर्दै आएका छन् । केयुकेएलका प्रवक्ता सुरेश आचार्यले एउटा पत्रिकालाई प्रतिक्रिया दिदै आफ्ना कर्मचारीले ढल बनाउन बिर्सिएछन् तर हिड्नेले होस् पु¥याउनु पर्दैन भनेपछि उनको सामाजिक सञ्जालमा चर्काे आलोचना भइरहेको छ ।

ढल बनाउने काम चलिरहँदा अहिले पनि काठमाडौंमा यस्ता सयाँै खाल्डाहरु मुख खोलेर बसेका छन् । केयुकेएलका कर्मचारी यस्ता खाल्डामा ढक्कन लगाउन छाडेर यात्रुलाई दोष दिइरहेको छ । news24nepal बाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार