किन दिए केशव स्थापितले मुख्यमन्त्रीलाई यस्तो चुनाैति, यस्तो छ भित्रि कारण जसको कारण नेकपा भित्रै भयो खैलाबैला ! प्रदेश ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापितले कसैले भन्दैमा राजीनामा दिएर हिडि हाल्ने मान्छे नभएकाले यस्ता कुराको खासै मललब नहुने जनाएका छन् । तर, उनले मुख्यमन्त्री डोरमणि पौडेलसँग मन्त्रिपरिषदमै विवाद भएको स्वीकार गरेका छन् ।

मुख्यमन्त्ती पाैडेलले आफ्नो कार्यसम्पादनमा चित्त नबुझाएको भनेपनि आफूले सतप्रतिशत काम गरेको ठोकुवा गर्दै स्थापितले आफ्नो काम गर्ने शैली बेग्लै भएकाले यसमा कोहि कसैले टिप्पणी गर्नुको अर्थ नहुने जनाएका छन् ।

मन्त्रीको जिम्मेवारी पूरा नगरेको र पटकपटक आफ्नो अपमान गरेको भन्दै मुख्यमन्त्री पौडेल असन्तुष्ट छन् । तर, उनले स्थापितलाई हटाउने सन्दर्भमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी गरिसकेका छन् भने अर्थ तथा योजना मन्त्री कैलाश ढुंगेललाई लिएर बिहीबार काठमाडौं आउँदैछन् ।

प्रदेश राजधानीबारे बिबाद पहिले देखि नै भएको र मुख्यमन्त्री पाैडेल अस्थायी राजधानी हेटाैडालाई नै राजधानि तोक्न कस्सेका छन् भने स्थापितले काभ्रेलाई राजधानी बनाउनेबारे लबिङ गर्दै आएका छन् । nepalpana बाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार