कात्तिक १६/ कलंकीको एक होटलमा १३ वर्षीया बालिका आफ्नै भिनाजु बाट बलात्कृत भएकी छिन्। उनीहरु नुवाकोटका भएको महानगरीय प्रहरी परिस काठमाडौंका प्रवक्ता डिएपी होबिन्द्र बोगटोले जानकारी दिए। नुवाकोटबाट बालिका कार्तिक आठ गते काठमाडौं आएका बेला उनकै भिनाजु उमेश सुनुवारले कलंकीको थकाली होटलमा राखेर बलात्कार गरेको प्रहरीको भनाई छ। उमेशलाई उनकै श्रीमती र बालिकाले १५ गते दिएको उजुरीको आधरमा पक्राउ गरिएको डिएपी बोगटीले बताए। उनीमाथि जबरजस्ती करणी अभियोगमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार