१६ कात्तिक, गुल्मी । मदाने गाउँपालिका-६ पनाहा निवासी ३२ वर्षीय दुर्गा नेपालीले श्रीमतीको हत्या गरी फरार भएका छन् ।
नेपालीले शुक्रवार बिहान ३१ वर्षीया सीता नेपालीलार्इ कुटपिट गरेर हत्या गरी फरार भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) दिपकुमार बस्नेतले जानकारी दिए । श्रीमतीको हत्या गरी फरार भएका दुर्गाको खोजी कार्य भइरहेको उनले बताए ।
घटनाबारे थप बुझनको लागि प्रहरी उपरीक्षक बस्नेतसहित जिल्लाबाट टोली घटनास्थलतर्फ लागेको छ । घटनाबारे थप जानकारी अनुसन्धान पछि मात्रै खुल्ने एसपी बस्नेतले जानकारी दिए ।
यो पनि पढ्नुहोस :
शरीरमा लुकाएर काठमाडौं ल्याउँदै गरेको २२ लाख ५० हजार रूपैयाँसहित एक पक्राउ
नागढुंगा प्रहरीले २२ लाख ५० नेपाली नगद रूपैंयाँसहित एक नेपाली नागरिक मोहम्मद हसीव सिद्दिकीलाई प्रहरीले पक्राउ गरेको छ।
नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको ना. ५ ख ६४७७ नं.को यात्रुाबाहक बसमा लुकाई छिपाई ल्याएको अवस्थामा प्रहरी निरीक्षक केशव राज भट्टको नेतृत्वको टोलीले चेक जाँच गर्दा उक्त रकम फेला परेको हो ।
विशेष सूचनाको आधारमा प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका ४ का ३६ वर्षिय मोहम्मद हसीव सिद्दिकीको शरीरमा २२ लाख ५० हजार रूपैंया बाँधेर ल्याएको अवस्थामा फेला परेको महानगरीय प्रहरी प्रभागका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।
शरीरमा लुकाई छिपाई ल्याएको श्रोत खुलाउन नसकेको उक्त रकमसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको वृत्तका प्रहरी नायव उपरीक्षक थापाले बताए ।
प्रकाउ परेको रकमसहित सिद्दिकीलाई थप अनुशन्धानको लागि राजस्व अनुसन्धान पठाईएको प्रहरीले जनाएको छ ।







