काठमाडौंस्थित बौद्धमा विजुलीकाे पाेल र ट्याक्सीलार्इ ठक्कर दिने बसका सहचालक पक्राउ परेका छन् । शुक्रबार राति करिब १० बजे तीव्र गतिमा चुच्चेपाटीबाट आरूबारीतर्फ जाँदै बा३ख ४०४१ नम्बरको बसले पाेल र पार्किङ गरेर राखिएकाे ट्याक्सीलार्इ ठक्कर दिएकाे बाैद्ध प्रहरीले जनाएकाे छ । बसकाे ठक्करले पाेल ढलेपछि याे क्षेत्रमा विद्युत अवरूद्ध भएकाे छ ।
बा२ज १४१ नम्बरको ट्याक्सी क्षतिग्रस्त छ । प्रहरीका अनुसार बस मदिरा सेवन गरेर सहचालकले चलाए थिए । उनलार्इ स्थानीयकाे सहयाेगमा पक्राउ गरिए पनि प्रहरीले नाम खुलाएकाे छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार